Newslaya Home

​पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा लुइँटेल सहितको प्यानल विजयी

आइतबार २३, बैशाख २०७५

इटहरी ।  नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेल सहितको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनमा लुइँटेल सहित प्यानलनै विजयी भएको हो  । लुइँटेलले ९३१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । 

त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली विजयी भएका छन् । उनले ९२३ मत प्राप्त गरे ।  महिला उपाध्यक्षमा स्मिता निरौला विजयी भएकी छिन् । उनले ८५८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम विजयी भएका छ उनले  ८८४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (विमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वा्चित भएका छन् ।  मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वा्चित भएको पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिए ।

यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वा्चित भइसकेका छन् ।