Newslaya Home

​फेसबुकले बन्द गर्यो २ सय एप्स

शनिबार ०५, जेठ २०७५

फेसबुकले २ सय वटा एप बन्द गरेको छ । प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील एपलाई निलम्बन गरेको हो ।

फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन । तर, फेसबुकले ती एपका डेभलपरलाई त्यसबारेमा जानकारी गराइसकिएको जनाएको छ ।

ती एपहरुले प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकको प्रडक्ट पार्टनरसीप विभागका उपाध्यक्ष इमी आर्चिबोंगले जनाएका छन् ।

फेसबुकले अन्य हजारौँ एपहरुमाथि हाल निगरानी गरिरहेको जनाएको छ । फेसबुक प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने सबै एपहरु पत्ता लगाउन अझै धेरै काम बाँकी रहेको आर्चिबोंगले जनाएका छन् ।