गोकुलममा बनेको भीआइपी लजमा आकर्षण बढ्दो (फोटो फिचरसहित)

Newslaya Home

गोकुलममा बनेको भीआइपी लजमा आकर्षण बढ्दो (फोटो फिचरसहित)

मङ्गलबार ०८, जेठ २०७५

इटहरी । सुन्दरहरैँचा नगरपालिकामा रहेको गोकुलम रिसोर्टमा भिआइपी लज सन्चालनमा आएको छ । रिसोर्टको आकर्षक तलाउमाथि टाइटानिक जहाजको आकारमा निर्मित होटल तथा लज सन्चालनमा आएको हो । 

लजको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेका थिए । गोकुलम क्रुज (टाइटानिक) मा बनेको होटल तथा लजमा ११ वटा एसीजडित व्यवस्थित सुबिधा सम्पन्न कोठाहरु रहेको छन् । लजकोे स्तरीयता देखेर पण्डितसमेत लोभिएको गोकुलम सञ्चालकहरु बताउँछन् ।

साढे पाँच बिघामा फैलिएको गोकुलम रिसोर्ट इटहरी र आसपासका आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि गुम्ने, रमाउने र फोटो खिच्ने ठाउँका रुपमा परिचित छ । तर पछिल्लो समयमा भने विभिन्न कार्यक्रम गर्ने ठाउँको रुपमा पनि गोकुलमले पूर्वाधार तयार गरेको छ भने रात बिताउनका लागि समेत लजहरुको व्यवस्था गरेको हो ।
















यहाँ मिनि धरहरा, ताजमहल, आइफेल टावरलगायत विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरुका नमूना पनि त्यहाँ राखिएको छ । चेस, पञ्जालगायतका विभिन्न आकृती निर्माण गरिएका छन् । 

यस्ता आकृती र संरचनामा फोटो खिच्ने, पोखरीमा बोटिगं गर्ने, रुखको फेदमा बसेर गफिनेहरुको संख्या दिनहुँ बढ्दो छ । बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क, होटेललगायत सुविधा छन् । जाडो समयमा यो ठाउँमा पिकनिक जानेहरु पनि बढेका छन् ।