Newslaya Home

​यूरोपेली सांसदसँग फेसबुक संस्थापकले माफी मागे

बुधबार ०९, जेठ २०७५

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदसँग माफी मागेका छन् ।  फेसबुकमा आउने फेक न्यूज र क्याम्ब्रिज एनालिटिका प्रकरणप्रति जुकरबर्गले माफी मागेका हुन् ।

क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लागेको थियो । 

युरोपेली सांसदका प्रश्नको जवाफ दिन जुकरबर्ग उपस्थित भएका थिए । उनले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै माफी मागेका थिए ।

उनको भनाइबाट युरोपेली संसदको सबै सदस्यहरु सन्तुष्ट नभएको बीबीसीले जनाएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले दिएका छैनन् ।

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरेको थियो । तर, यूरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसदको भन्दा फरक थियो ।