Newslaya Home

​एसएसपी खत्रीले एक किलो सुनको ५० हजार लिने गरेको खुलासा

सोमबार १४, जेठ २०७५



इटहरी  । चुडामणि उप्रेती अर्थात् साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरेले विमानस्थलबाट सुन बाहिर ल्याएबापत एसएसपी श्याम खत्रीले प्रति किलो  ५० हजार लिने गरेको खुलासा गरेका छन् ।

अदालतमा दिएको बयानमा गोरेले भने सुन सिधै तत्कालिन एसएसपी श्याम खत्रीको कोठामा पुर्याउने गरेको बताएका छन् । खत्रीले अनुकूल भएको समयमा सुन बाहिर निकाली भरियालाई दिने गरेको समेत उनले बताए ।

एसएसपी श्याम खत्रीको सरुवासँगै यो लाइनबाट सुन आएन ।  उनले निजको ड्राइभर र अंगरक्षकको प्रयोग गरी निजले चढ्ने गाडीमा सुन ल्याउने गरेको बताए  । अन्य प्रहरीले सुन ओसारेको थाहा  नभएको समेत उनले बताए । श्याम खत्रीले सुन बाहरि निकालेवापत प्रतिकिलो रु ५०,००० (पचास हजार) लिने गरेका थिए  । यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आएको छ ।