Newslaya Home

बलिउडमा फिल्म बनाउँदै पूर्वेली किरण

सोमबार १४, जेठ २०७५

इटहरी । धेरै नेपाली कलाकारहरु हिन्दी फिल्म उद्योग (बलिउड)मा प्रवेश पाउन चाहन्छन् । हिन्दी फिल्म उद्योगको लोकप्रियता मानिन्छ यसलाई । केही नेपाली कलाकारहरुले सामान्य अवसरसमेत पाएका छन् । तर हिरोको रुपमा भने अहिलेसम्म नेपाली कलाकार पुगेका छैनन् ।

तर पूर्वेली एक कलाकार किरण खतिवडा भने हिरोको रुपमा बलिउडमा फिल्म खेल्दैछन् । त्यती मात्र हैन, उनको आफ्नै प्रोडक्सन हाउसले हिन्दी फिल्म बनाउँदैछ । फिल्म निर्माणको लागि उनले भारतमा सबै अनुमतीसमेत लिइसकेका छन् । ‘इतिहास कायम गर्न पाएकोमा खुसी छु,’ उनले भने, ‘राम्रो फिल्म बनाएर हिन्दी भाषीहरुको मन जित्न चाहन्छु ।’

यसअघि पनि उनले सन्थाल भाषाको फिल्म बनाएर भारतीय फिल्म फेस्टिभलमा अवार्ड जितिसकेका छन् । सन्थाल भाषाको पहिलो नेपाली चलचित्र बनाएका उनी अहिले हिन्दी फिल्म ‘तुझसा जमि पे कहाँ’ निर्माण गर्न जुटेका छन् । यो फिल्मले नेपाल–भारत बिचको सम्बन्ध सुधार गर्ने उनले बताएका छन् । 

हिन्दी चलचित्र तुझसा जमिके कहाँ बलिउडबाट निर्माण गर्न सम्पूर्ण वैधानिक प्रक्रिया पुरा गरेर नेपालकै पहिलो हिन्दी फिल्म निर्माता हुन सफल भएको उनको भनाई छ ।

आफ्नै इन्सापायर मिडिया प्रोडक्सन हाउस प्रालिबाट उनले हिन्दी फिल्म बनाउनेछन् ।

भारतको झारखण्डमा भएको फिल्म फेस्टिबलमा विभिन्न विधामा अवार्ड हासिल गरेपछि निर्देशक तथा अभिनेता खतिवडाको चर्चा भारतीय समाचारपत्रहरुमा पनि हुन थालेको छ । 

भारत र नेपालका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिने छ । चलचित्र निर्माताको रुपमा जिया मरहठा छिन् । सह निमार्ता हरि थापा, अनुप खड्का र राम आसरा, कार्यकारी निमार्ता अशोककुमार जैवल, पवन शर्मा, मधु सोरेन, लाइन प्रोडुक्सर त्रिविक्रम थापा, सपन बर्मा, एसोशिएट प्रोडुक्सर वेस कार्की तथा पुजन कार्की रहने र कोरियोग्राफि करिस्मा कार्की र अभिनयमा नवकलाकार डिपल र सिसमको अभिनय रहने बताइएको छ ।


1 प्रतिकृयाहरू प्राप्त
  • manoj khariलेख्नुहुन्छ
  • |
  • सोमबार १४, जेठ २०७५ ०८:०६
ramroo dai