Newslaya Home

प्रेमीसँग घुम्न हिडेकी युवतीको होटलमै मृत्यु, प्रेमीले बोलाए प्रहरी

सोमबार १४, जेठ २०७५

नुवाकोट । प्रेमीसँग घुम्न हिडेकी कास्कीको माछापुच्छे गाउँपालिका २ की एक युवती होटलमा मृत भेटिएकी छिन् । विष्णुमाया मगर शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृत भेटिएकी हुन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।