Newslaya Home

​अहेबद्वारा बालिकामाथी जबरजस्ती

सोमबार १४, जेठ २०७५

मोरङ । सिंहदेवी उपस्वास्थ्य चौकी केराबारी मोरङमा कार्यरत अहेब चन्द्रबहादुर खत्री स्थानीय १० वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

बौद्धिक अपांग रहेकी बालिका घरमा एक्लै भएको मौका पारेर खत्रीले जबरजस्ती गरेको आरोप लागेको छ । बालिकालाई यौनजन्य हिंसा गर्दै गर्दा बालिकाकी आमा आइपुगेपछि अहेब खत्रीले घटनाबारे कसैलाई नभन्न भन्दै पाँचसय रुपैया दिएको र आफु तुरुन्त अन्यत्रै सरुवा भएर जाने आश्वासन दिएका थिए । 

प्रहरी चौकी केराबारीले आइतबार बेलुका खत्रीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीलाई बुझाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।