Newslaya Home

​निशान भट्टराईको भुन्टी युट्युब ट्रेन्डिङको एक नम्बरमा (भिडियोसहित)

सोमबार १४, जेठ २०७५

काठमाडौँ । नेपाल आइडलको पहिलो सिजनका रनरअप निशान भट्टराईको भुन्टी गीतको म्युजिक भिडियो युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । उक्त गीतलाई  सार्वजनिक भएको दुई दिनमै दश लाख भन्दा धेरै पटक हेरीएको छ ।
 
निशानलाई भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । लोकपप शैलीमा ल्याइएको यस गीतमा मिस्टर आरजेको सङ्गीत र निशानको स्वर रहेको छ । 
उक्त  म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । रामकुमार केसीको छायाङ्कन रहेको यो भिडियो मनोज बस्नेतले निर्माण गरेका हुन् । 

 

निशान भट्टराईको म्युजिक भिडियो ‘भुन्टी’ सार्वजनिक (भिडियोसहित)