Newslaya Home

​भारतीयभन्दा चिनियाँ लगानीकर्ता दोब्बर

सोमबार १४, जेठ २०७५

बिबिसि । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भारतीयको तुलनामा झण्डै दोब्बर चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि स्वीकृति पाएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्वीकृति पाएसँगै नेपालमा लगानी गर्ने ९२ देशमध्ये भारतीय उद्योगको संख्या सात सयभन्दा बढी पुगेको छ भने चिनियाँ उद्योगको संख्या १२ सय नाघेको छ ।

तर लगानीका हिसाबले चाहिँ भारतले सबैभन्दा ठूलो हिस्सा ओगटेको अधिकारीहरूले बताएका छन् ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४÷०७५ का अनुसार दुई छिमेकी मुलुकमध्ये चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा लगानी गर्न भारतको तुलनामा चिनियाँ उद्योग दोब्बर छन् ।