Newslaya Home

​वेस्ट इन्डिजविरुद्ध खेल्न मंगलबार इङ्ल्यान्ड जाँदै सन्दीप लामिछाने

सोमबार १४, जेठ २०७५

काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछाने टीट्वेन्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि मंगलबार इङ्ल्यान्ड जाने भएका छन् ।

सन्दीपले आईसिसी–११ बाट खेल्नेछन् । आईसिसी–११ र वेस्ट इन्डिजबीच मे ३१ तारिखमा खेल हुने छ । क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो ।

सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आईसिसी–११ टोलीमा सन्दीपलाई समावेश गरिएको थियो । सन्दीपले इन्डियन प्रिमियर लिग (आईपिएल)मा पहिलो खेल खेले लगत्तै उनलाई उक्त टोलीमा समावेश गरिएको थियो ।

आईपिएलमा लिग चरणको आफ्नो १२ ‍‍औं खेलमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलाएको थियो ।