Newslaya Home

​पुलिसलाई केरा देखाएपछि.....

आइतबार २०, जेठ २०७५

स्वास्थ्यको लागि फाइदाजनक मानिने फल केरा कहिलेकाहीँ विष पनि हुँदो रहेछ । किनभने अमेरिकामा एक युवक केरा देखाएको आरोपमा पक्राउ परेका छन् । ती युवक पुलिसलाई केरा देखाएको आरोपमा पक्राउ परेका हुन् । 

पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको बेलामा सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग त्यहाँ पुगे । पुलिसले उनलाई चेकजाँचका लागि रोक्यो नाथनले भने एक्कासी गोजीबाट केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए ।

सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस आत्तिए तर जब ती युवकको हातमा केरा भएको देखे, तब पुलिस शान्त भए । त्यसपछि पुलिसले तत्कालै ती युवकको हातबाट केरा खोसे र नाथनलाई गिरफ्तार गरे ।

ती युवकले भने पुलिसलाई दिएको बयानमा आफुले युट्युबका लागि एउटा फन्नी भिडियो तयार गर्न त्यसो गरेको बताए ।