Newslaya Home

​प्रेमिकालाई सुन्दर बनाउन हजुरआमाको पैसा चोरेपछि.......

बुधबार २३, जेठ २०७५

काठमाडौं । नातिले हजुरआमालाई कमाएर पैसा दिनुको साटो नातिले नै उल्टै हजुरआमाको पैसा चारेर आफ्नी प्रमिकालाई सुन्दर बनाउन खर्च गरेको सुन्दा तपाईलाई अचम्म लाग्ला । तर यो कुरा साँचो हो वेल्समा एक युवकले यस्तै गरेका छन् । 

वेल्समा एक युवकले आफ्नी ९२ वर्षीया हजुरआमाको पैसा चोरेर आफ्नी प्रेमिकालाई सुन्दर बनाउनमा खर्च गरेको समाचार आएको छ ।

न्युपोर्टमा ३४ वर्षीय ल्युक क्वात्रिनीले प्रेमिका एम्मा होजेसको स्तन सर्जरी र अनलाइन शपिङका लागि हजुरआमाले जम्मा गरेर राखेको सबै पैसा उडाएका छन् । 

त्यसपछि हजुरबुवा क्लिफोर्ड बार्टलेटले नातिले अनुमति विना नै बैंक कार्ड प्रयोग गरेर गर्लफ्रेन्डको स्तन सर्जरीमा पैसा उडाएको भन्दै अदालतमा मुद्दा दर्ता गरे । ल्युकले चोरिएको पैसाको प्रयोग होजेसलाई विमानमा उडाउन, अमेजनमा अनलाइन शपिङ गराउन, पोर्टेबल शौचालय र भवन निर्माण गराउनका लागि पनि खर्च गरेको जनाइन्छ ।

मुद्दामा हजुरबुवाले बैंक खाताबाट जीवन बचतका रूपमा जम्मा भएको तीन हजार पाउन्ड गायब भएको जसकारण आफ्नो घरेलु खर्च उठाउन पनि गाह्रो परेको उल्लेख गरेका छन् । क्लिफ्फोर्ड बार्टलेटका वकिल एम्मा ह्यारीकाअनुसार ल्युक आफ्ना हजुरबुवाको घरबाट गएको १० महिनापछि अपराधको बारेमा थाहा भएको थियो । यसले गर्दा बार्टलेटको दिल टुट्यो र चिन्तै चिन्तामा पोहोर साल उनको देहान्त भयो ।

बार्टलेटका छोरा माइकलले आफ्नो पितालाई यति नराम्रो गरी टुटेको कहिल्यै नदेखेको बताए । उनी रोएको हेर्नु असामान्य दृश्य भएको उनको भनाइ छ । 

तर ल्युकले भने पैसा चोरेको घटनालाई अस्वीकार गरेका छन् ।