Newslaya Home

जान्नुहोस् अर्जेन्टिनाबारे केही रोचक तथ्य

बिहीबार २४, जेठ २०७५

काठमाडौं । फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुको बारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई मात्र थाहा छ । तपाईलाई थाहा नहुनसक्छ अर्जेन्टिना पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो । अर्जेन्टिना मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपुर्ण छ । 

यस्ता छन् अर्जेन्टिनाबारे केही रोचक कुराहरुः  
– अर्जेन्टना विश्वकै आठौ ठुलो देश हो । 
– अर्जेन्टिनाको कुल क्षेत्रफल १०६८२९६ रहेको छ । 
– अर्जेन्टिना शब्द लेटिन शब्द सिल्भरबाट आएको हो । 
– अर्जेन्टिनामा गर्भपतन अझै गैरकानुनी मानिन्छ । आमाको ज्यानै जाने खतरा वा बलात्कारका घटनामा मात्र गर्भपतन गर्न पाइन्छ । 
– सन् २००१ मा अर्जेन्टिनामा १० दिनमा पाँच जना राष्ट्रपति रहेका थिए । 
– सन् १९१३ मा अर्जेन्टिना प्रतिव्यक्ति आयमा विश्वकै १० औ स्थानमा रहेको थियो । 
– सबैभन्दा चिसो र सबैभन्दा गर्मी तापक्रम दक्षिण अमेरिका महादेशमा पर्ने अर्जेन्टिनामा हुने गर्छ ।
– सबैभन्दा धेरै स्पेनिस भाषा बोलिने देश पनि अर्जेन्टिना नै हो । 
– उरुग्वे, ब्राजिल, चिली, बोलिभिया  र पारग्वे जस्ता देशहरुसँग अर्जेन्टिनाको सिमाना जोडिएको छ । 
– लेटिन अमेरिकामा सबैभन्दा पहिले ‘सेम सेक्स म्यारिज’को अनुमित दिने राष्ट्र हो अर्जेन्टिना । 
– लेटिन म्युजिक अर्जेन्टिनाबाट सुरु भएको हो । 
– अर्जेन्टिनाको बिफ विश्वभर प्रख्यात रहेको छ ।
– अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो । 
– अर्जेन्टिनामा ३० वटा राष्ट्रिय आरक्षण केन्द्र रहेका छन् । 
– अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । 
– विश्वकै सबैभन्दा धेरै गहुँ निर्यात गर्ने देशको सुचीमा अर्जेन्टिना पाँचौ स्थानमा छ । 
– लेटिन अमेरिकामा सबैभन्दा धेरै घुम्न आउने शहर हो व्युनर्स आयर्स ।
– अर्जेन्टिनाको राष्ट्रिय मुद्रा पेसो हो । 
– लेटिन अमेरिकामा सबैभन्दा पहिलो रेडियो ब्रोडकास्टिङ हुने देश हो अर्जेन्टिना । उसले सन् १९२० अगस्ट २७ मा पहिलो रेडियो ब्रोडकास्टिङ सूरु गरेको थियो ।