Newslaya Home

​करेन्ट लागेर राजपा सुनसरीका युवा नेता तेन्जीको मृत्यु

बिहीबार २४, जेठ २०७५

इटहरी । राजपाका केन्द्रिय सचिव तेन्जी लामाको करेन्ट लागेर मृत्यु भएको छ । 
सुनसरीको इटहरीस्थित आफ्नै घरमा करेन्ट लागेर उनको मृत्यु भएको हो । उनलाई उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान लाँदा लाँदै बाटैमा मृत्यु भएको बताइएको छ ।
नुहाउने क्रममा करेन्ट लागेको बताइएको छ । उनको परिवारमा श्रीमती र दुई सन्तान छन् ।
उनी राजेन्द्र महतोको नेपाल सद्भावना पार्टीको तर्फबाट संसदीय चुनावमा समानुपातिक तर्फका उम्मेदवार थिए ।