Newslaya Home

​फेसबुकले चिनियाँ मोबाइल कम्पनीसँग डाटा शेयर गरेको खुलासा

शुक्रबार २५, जेठ २०७५

काठमाडौं ।  फेसबुकले वावेसहित कम्तीमा चारवटा चिनियाँ मोबाइल कम्पनीसँग फेसबुक प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।

प्रयोगकर्ताका डाटाहरु चिनिया कम्पनी वावे, लेनोभो, ओप्पो र टिसिएलसँग शेयर गरेको फेसबुकले स्वीकारेको छ ।

न्युयोर्क टाइम्सले फेसबुकद्वारा कम्तीमा ६० वटा मोबाइललगायतका डिभाइस निर्माता कम्पनीहरुलाई फेसबुक प्रयोगकर्ताको डाटासम्म पहुँच दिएको खुलासा गरेको भोलिपल्ट फेसबुकले त्यस्तो दाबी स्वीकारेको हो ।  

फेसबुकले प्रयोगकर्ताका जानकारीमा पहुँच दिएका कम्पनीमा एप्पल अमेजन, माइक्रोसफ्ट, सामसुङ तथा ब्लाकबेरी पनि रहेका छन् ।


उता चिनियाँ कम्पनी वावेले फेसबुक प्रयोगकर्ताका डाटा आफूले कहिल्यै पनि एकत्रित वा भण्डारण नगरेको जिकिर गरेको छ । प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि फेसबुकसँग सम्झौता भएको पनि कम्पनीको दाबी छ ।