Newslaya Home

​यस्तो छ प्रदेश १ को नीति कार्यक्रमः धरान, उदयपुर, धनकुटामा विमानस्थलको सम्भाव्यता खोजिने

सोमबार २८, जेठ २०७५

विराटनगर । प्रदेश सरकारले प्रदेशमा केवलकार तथा ठाउँ ठाउँमा विमानस्थल बनाउने भएको छ । सोको लागि सम्भाव्यता अध्ययन थाल्ने जनाएको छ ।

प्रदेश प्रमुख डा। गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा धरान, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा विमानस्थल निर्माण र संचालनको लागि सम्भाव्यता अध्ययन कार्यको थालनी गरिने जनाइएको छ । 

विराटनगर एयरपोर्टवाट प्रदेशभित्रका सवै हवाई मैदानहरुमा उडान सेवा शुरु गराइने घोषणा गर्दै कार्यक्रमले हेलिकप्टर तथा माउन्टेन फ्लाइटको सुरुवात गर्ने जनाएको छ । कार्यक्रमले कम्तिमा प्रत्येक स्थानीय पालिकाको वडास्तरमा एक हेलिप्याडको निर्माण गर्ने योजना बनाएको छ ।

कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै आधार शिविरसम्म, फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–मंगलवारे लगायतका स्थानमा केबलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने बताएको छ ।

पाँच वर्षभित्र प्रदेश १ लाई लोडसेडिङ मुक्त
प्रदृश सरकारले पाँच वर्षभित्रमा सवै जनताको घरमा उज्यालो पुरयाउने र प्रदेशलाई लोडसेडिङ्गमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । 

प्रदेश समृद्धिको मुख्य आधार जलस्रोत भएको भन्दै सरकारले प्रदेशमा ५ वर्षभित्रमा १५०० मेगावाट, १० वर्षभित्रमा ३००० र १५ वर्षभित्र ४५०० मेघावट विजुली उत्पादन गरिने लक्ष्य राखेको छ । यसका लागि अरुण तेस्रो, तमोर र दुधकोसी जलविद्युुत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण थाल्न संघीय सरकारको विशेष ध्यानकर्षण गराउने प्रदेश सरकारले बताएको छ ।

सरकारले प्रदेशको पानी जनताको लगानी–घरघरमा विजुली जनजनमा शेयरको नीति लागूू गर्ने सरकारले बताएको छ ।

नारै नारा
प्रदेश सरकारको नीति तथा कार्यक्रममा थुप्रै नारा पनि समावेश गरिएको छ । ‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’, ‘उत्पादन गरौं, प्रदेश समृद्ध बनाऔं’, ‘जस्ता माटो, उस्तो बाली’, ‘बचत गरौं, समृद्ध बनौं’, ‘एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ जस्ता नारा दिइएको कार्यक्रम अघि सारिएको छ । स्वास्थ नागरिक, स्वस्थ प्रदेश, ‘संघीय गणतन्त्र नेपालको उपहारः एक परिवार एक रोजगार’ लगायतका नारा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ पूर्ण पाठ:
 

1 प्रतिकृयाहरू प्राप्त
  • उदय पौडेललेख्नुहुन्छ
  • |
  • मङ्गलबार २९, जेठ २०७५ ०५:२०
नारा मा मात्रै सिमित न बनोस्