Newslaya Home

​अलबिदा याहु मेसेन्जर

सोमबार २८, जेठ २०७५

याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर सधैंको लागि बन्द हुने भएको छ ।

द नेक्स्ट वेबले याहू मेसेन्जर आगामी १७ जुलाई देखि बन्द हुन लागेको सार्वजनिक गरेको हो । वर्षौ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ ।

जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न भने पाउनेछन् ।

याहू मेसेन्जर बन्द भएसँगै याहूले यस एपलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नेछ । 

याहू मेसेन्जर च्याट सर्भिस सबैभन्दा पहिले सन् १९९८ मा सार्वजनिक गरिएको थियो । तर समयक्रम सँगै गुगल टक, फेसबुक तथा ह्वाट्सएप आएसँगै याहू मेसेन्जरको लोकप्रियता र प्रयोगकर्ता ह्वात्तै घटेका थिए ।