Newslaya Home

​रिजालको ग्यासमा ठगी, वेल्डीङ गरेको सिलिन्डर भेटियो

- विनय बाह्रकोटी
सोमबार २८, जेठ २०७५

इटहरी । रिजालको ग्यासमा ठगी भएको भेटीएको छ । इटहरीको एक पसलमा बिक्रीमा राखीएको ग्यास एक ग्राहकले जोखेपछी यो कुरा बाहीर आएको हो । 
इटहरी ८ का नवराज पोख्रलले किनेको ग्याँसको सिलिण्डरमा तोकिएको भन्दा कम ग्याँस पाइएको हो । इटहरीको गणेश ट्रेडिङ्गबाट किनेको रिजालको ग्यास सिलिण्डरमा तीन केजी कम तौल पाइएको छ ।  २९.६ किलो हुनुपर्नेमा २६.७ किलो मात्र तौल पाइएको थियो ।

कम ग्याँस पाएपछि उनले तत्कालै रिजालको ग्यासको अफिसमा सम्पर्क गरेका थिए । तर उनलाई त्यो सामान्य समस्या भएको र पसलमा लगेर अर्को साट्न भन्दै जवाफ आएको थियो । उक्त कम्पनीका म्यानेजर रमन चौहानले अर्को साटे भैगो नि भन्ने जवाफ दिएको उनको भनाईछ । 

पोख्रेलले अरु बेला पनि कम तौल महसुस हुने गरेको तर यसपाली नाप्दा मात्र यो कुरा पत्ता लागेको थियो ।

उनले लगेको ग्यासमा तौल कम मात्र हैन उक्त सिलीन्डरसमेत वेल्डिङ्ग गरेको पाइएकोछ । ‘यसरी हेर्दा यो नियतवश नै बजारमा ठगी गर्न खोजेको जस्तो देखीएकोछ,’ उनले भने ।

उक्त ग्यास सिलीन्डर प्रहरीले नियन्त्रणमा लिइसकेकोछ भने । कम्पनीलाई थप अनुसन्धानपछी ठगी तथा कालोबजारी ऐन अन्तर्गत मुद्ध चलाइने प्रहरीको भनाइछ ।