Newslaya Home

लहानका किसानलाई धानको बीउ वितरण

मङ्गलबार २९, जेठ २०७५

लहान । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । 

नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो । 

कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितका अनुसार प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको हो । 

यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले जानकारी दिए ।