Newslaya Home

‘विराटनगरबाट राजधानी सार्ने भए धनकुटा बनाऔं’

मङ्गलबार २९, जेठ २०७५

इटहरी । प्रदेश १ को राजधानी विराटनगर नै कायम हुनुपर्ने संघीय समाजवादी फोरमका प्रदेश सांसद जयराम यादवले बताएका छन् । विराटनगरबाट राजधानी सार्नुपरे धनकुटा सार्नसमेत उनले माग गरेका छन् । 

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विराटनगरको विकल्पमा इटहरी र धरान हुन नसक्ने बताएका छन् ।

‘राजधानी विराटनगर नै उपयुक्त हो, हुँदैन भने पाँच वर्षपछि धनकुटा सारौं,’ उनले भने, ‘अनि बल्ल चौध जिल्लाको पायक पर्छ ।’ उनले व्यक्ति विशेषको लोभमा राजधानी सार्न नहुने कुरामा जोड दिएका छन् ।

इटहरी र विराटनगरमा पहिला नै पूर्वाधार छन् भने प्रदेश सरकारले धनकुटामै राजधानी बनाउन पञ्चवर्षिय योजना बनाएर पूर्वाधार निर्माण सुरु गर्नुपर्ने बताए । 

इटहरीमा राष्ट्रिय युवा गैह्रसरकारी संस्था महासंघले गरेको दिगो विकाससम्बन्धि कार्यक्रममा बोल्दै प्रदेश मन्त्री जीवन घिमिरेले दिगो विकासका लागि वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले समृद्धिका लागि विकास चाहिने तर विकासको लागि अन्दधुृन्द विनाश भइरहेको बताए ।

1 प्रतिकृयाहरू प्राप्त
  • Amir gcलेख्नुहुन्छ
  • |
  • बुधबार ३०, जेठ २०७५ ०९:५७
Dharan thik hunchha kina ki asiako top hosputal ghopa hunu central science camous dharanma hunu climate ramro enjineer campus bikasit city ani harek dristikonle ma ta dharan nai dekhchhu.