Newslaya Home

​मन्त्रीको अनुगमनपछि कालोबजारी गर्ने पेट्रोल पम्प बन्द

मङ्गलबार २९, जेठ २०७५

जनकपुर । कालोबजारी गरेको आरोपमा जनकपुरका तीन वटा पेट्रोल पम्प बन्द गरिएको छ । 

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा विक्री गरिरहेको आरोपमा भी आयल तथा बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोमबार राति ती पेट्रोल पम्पमा छड्के अनुगमन गरेका थिए ।