Newslaya Home

​चलचित्र ‘चि मुसि चि’ को गीत सार्वजनिक (भिडियोसहित)

बुधबार ३०, जेठ २०७५

काठमाडौं । नेपाली चलचित्र ‘चि मुसि चि’ को टाईटल गीत सार्बजनिक भएको छ । 

सार्बजनिक गीतमा नेपाल आईडलको उत्कृष्ट ५ सम्मको यात्रा गरेकी गायिका सुजाता पाण्डेको स्वर रहेको छ । उनले पहिलो पटक फिल्मको गीत आफ्नो स्वर दिएकी हुन् । सो गीतमा सन्तोष पोख्रेलको शब्द तथा करण राज कार्कीको संगीत समाबेश गरिएको छ ।

गीतमा बिक्रम स्वरको कोरियोग्राफी रहेको छ भने नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । 

गत श्रावणको ११ गते सार्बजनिक प्रदर्सनमा आउने चलचित्र ‘चि मुसि चि’मा सुनिल क्षेत्री, एलिशा शर्मा, सुशान्त कार्की, कमली वाईवा, ससान्क बश्याल, सेखर सुवेदी, शिवराज कार्की लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।