​सावधान! हामीले खाने दूधमा साबुनदेखि युरियासम्म

Newslaya Home

​सावधान! हामीले खाने दूधमा साबुनदेखि युरियासम्म

बुधबार ३०, जेठ २०७५

काठमाडौं  । हामीले खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाउने गरेको पाइएको छ। 

गर्मीको समयमा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । 

काठमाडौं उपत्यकाभित्र रहेका ३० दुग्ध प्रशोधन उद्योगहरु मध्ये २५ डेरी उद्योगका ४२ ब्राण्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालमा जाँचिएको थियो। 

तीमध्ये ४० वटा मानिसको स्वास्थ्यलाई हानि गर्ने वासिङ सोडादेखि साबुन बनाउने रसायन भेटिएको थियो। 

काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया मलसमेत मिसाएको पाइएको थियो ।