Newslaya Home

बरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

बुधबार ३०, जेठ २०७५

काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको गयराती २ बजे निधन भएको छ । थापाको ९२ बर्षको उमेरमा घरमै निधन भएको हो । 

लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।

उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि अझ चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । 

तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

उनको आज पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।