Newslaya Home

किमले स्वीकारे ट्रम्पको भ्रमण निम्तो

बुधबार ३०, जेठ २०७५

बिबिसि । उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ–अनले स्वीकार गरेको जनाएको छ ।

सिंगापुरमा मंगलबार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई भ्रमणको निम्तो दिएका थिए ।

किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ ।