Newslaya Home

​यस्ता छन् मनतातो पानी पिउनुका फाइदा

बुधबार ३०, जेठ २०७५

मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । तर, हामी नबुझेर सिधै चिसो पानी पिउने गर्छैं । 
 
उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्व पिसाबसँगै बाहिर जान्छ । 

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या टाढा हुन्छ । 

बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ । 

घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । 

तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पर्याउँछ । 

प्रायः महिला महिनावारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो वेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसो गर्दा टाउको तथा पेटको दुखाइ पनि कम हुन्छ ।