Newslaya Home

​सञ्चालक सुन तस्करीमा मुछिएपछि बाजेको सेकुवामा शिलबन्दी

बुधबार ३०, जेठ २०७५

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ वटा आउटलेटमा छापा हानेको छ । सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले छापा हानेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधबार दिउँसो बाजेको सेकुवामा छापा हानेर शिलबन्दीसमेत गरेको छ ।

सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भइरहेको समितिका संयोजक पौडेलले जानकारी दिए ।  छापा हानेर कुनै सामान बरामद भने गरिएको छैन ।

बाजेको सेकुवाका देशर १३ वटा आउटलेट छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको अनसुन्धान समितिले जनाएको छ । अन्य आउटलेट भने अरुले नै चलाएका छन् ।

भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका आउटलेट शिल गरिने र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलेल जानकारी दिए ।