Newslaya Home

नेपाल–भारत सीमामा अग्लो पर्खाल या काँडेतार हाल्न माग

बुधबार ३०, जेठ २०७५

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल–भारत सीमामा काँडेतार हाल्न माग गरेको छ । 
भारतबाट नेपालको राष्ट्रियता संकटमा परेको भन्दै गोपाल किराँती नेतृत्वको माओवादीले अग्लो पर्खाल या काँडेतार हाल्न माग गरेको हो ।

किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महँगीको मारबाट गरिब जनतालाई जोगाउनसमेत माग गरेको छ ।

पार्टीले भूकम्पपीडितलाई ५ लाख अनुदान सहायता उपलब्ध गराउन पनि सरकारको  ध्यानाकर्षण गराएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई धरपकड नगर्न पनि उनले सरकारसँग माग गरे ।