Newslaya Home

​स्पेनका प्रशिक्षक बर्खास्त

बुधबार ३०, जेठ २०७५

काठमाडौं । विश्वकप सुरू हुने १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको छ ।

स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

उनलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मेड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो ।

च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए । 

विश्वकपमा पहिलो खेल पोर्चुगलविरुद्ध आमनेसामने गर्ने तयारीमा रहेको स्पेनलाई यो समाचारले ठुलै झट्का लाग्ने बताइएको छ ।

यस्ता खाले घटनाले टिममा नराम्रो असर पार्ने तथा मनोबल गिराउने मिडिया रिपोर्टमा उल्लेख छ । उनको विकल्पमा न्युक्यासलका प्रशिक्षक राफा बेनेटिजलाई नियुक्त गर्न सकिने हल्ला  चलेको छ ।