Newslaya Home

​२०२६ को विश्वकप आयोजक टुङ्गो लाग्यो (भिडियोसहित)

बुधबार ३०, जेठ २०७५

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकप फुटबलको आयोजकको टुंगो लागेको छ । २०२६ को आयोजना गर्ने अधिकार संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा पाएका छन् ।

विश्वकप सुरु हुनु भन्दा १ दिनअघि मात्र रुसमा सम्पन्न फिफाको ६८औं भेलाले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो । 

विश्वकप आयोजनाका लागि दावी गरेको अफ्रिकी मुलुक मोरक्को भने फिफा सदस्य राष्ट्रहरुबीच भएको मतदानमा पराजित भएको छ । मतदानमा २ सय १० फिफा सदस्य राष्ट्रमध्ये २ सय ३ मुलुक सहभागी भएका थिए । तीन मत बदर भएपछि २ सय मतमध्ये मोरक्कोले ६५ मत पाउँदा अमेरिका, क्यानडा र मेक्सिकोले १ सय ३४ मत पाएका थिए । 

हालसम्म अमेरिकाले एक पटक र मेक्सिकोले दुई पटक विश्वकप आयोजना गरेका छन् ।