Newslaya Home

​आजबाट विश्वकप फुटबल सुरु हुँदै

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । रुसमा आज (विहिबार)देखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। 

आज प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुने बताइएको छ। 

विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। एक महिनासम्म चल्ने यस विश्वकप फुटबलमा ६४ खेल हुनेछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ। प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन्। 

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन्। 

विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउने फिफाले जनाएको छ।