Newslaya Home

​तीव्र गतिमा गाडी चलाउने पूर्वयुवराज पारस ट्राफिकको फन्दामा

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । पुर्वयुवराज पारस ट्राफिकको फन्दामा परेका छन्  । ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँकेको भन्दै ट्राफिकले पारसको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो ।

जावलाखेलदेखि गाडी तिब्र चलाएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको थियो ।

ट्राफिकले पारसको कागजपत्र नियन्त्रणमा लिएपछि आक्रोसित हुँदै पारसले  ‘तैंले मलाई चिन्नुपर्छ’ भनेका थिए ।

ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो ।