Newslaya Home

​सप्तरीमा आँप महोत्सव हुने

बिहीबार ३१, जेठ २०७५

राजविराज । सप्तरीमा आँप महाप्सव हुने भएको छ ।  ‘आँप एक, स्वाद अनेक’ नाराका साथ आगामी शनिबारदेखि आँप तथा कृषिजन्य वस्तुहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सुरुंगा नगरपालिका कुशहास्थित श्रीपुरमा ‘सुरुंगा आँप महोत्सव श्रीपुर २०७५’  आँप महोत्सव हुने भएको हो। 

सुरुंगा नगरपालिका ६, आँप जोन इकाइ कार्यालय कदमाहा सप्तरीको आर्थिक सहयोगमा स्थानीय उद्यमशील कृषि सहकारी संस्थाको आयोजनामा असार ५ गतेसम्म चल्ने महोत्सवको तयारी तथा स्टल बुकिङ भइरहेको आयोजकले जनाएको छ।

सप्तरीको साविक कुशहा गाविस १ र २ श्रीपुर गाउँमा एकै स्थलमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैंचा रहेको छ। यसैगरी कल्याणपुरमा दुई सय ८० हेक्टर, भंगाहमा दुई सय ३०, प्रसवनीमा र मोहनपुरमा दुई÷दुई सय, रूपनगरमा एक सय ६०, सीतापुरमा एक सय ५० र जन्डौलमा ८५ हेक्टर आँप बगैंचाले ओगटेको छ।

नेपालको कुल आँप बगैंचामध्ये सबैभन्दा बढी क्षेत्रफल सात हजार दुई सय ८४ हेक्टर सप्तरीमा रहेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ।