Newslaya Home

​ट्याक्टर र मोटरसाइकल एकआपसमा जुद्दा नापी कार्यालयका कर्मचारीको मृत्यु

बिहीबार ३१, जेठ २०७५

सुनसरी । धरानमा ट्याक्टर र मोटरसाइकल एकआपसमा जुद्दा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक दाङको तुलसीपुर–११ घर भई धरान नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए । 

बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको छ ।