Newslaya Home

ओलीको गाडीमा राखिएको बम निष्क्रिय

बिहीबार ३१, जेठ २०७५

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहिबार बिहान बम निष्क्रिय बनाएको हो । 

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु  देखेपछि ओलीले प्रहरीमा खबर गरेका थिए । 

ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बमलाई सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई बम डिस्पोजल टोलीले  निष्क्रिय गराएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।