Newslaya Home

​अफगानिस्तानमा विष्फोट, एक बालकको मृत्यु, सात घाइते

बिहीबार ३१, जेठ २०७५

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटमा परी एक जना १० वर्षीय बालकको मृत्यु भएको छ । 

उक्त विष्फोटमा परी बालकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रान्तीय सरकारकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय समयानुसार बुधबार बिहान एउटा सानो पसल अगाडि सो विष्फोट भएको बताइएको छ । घाइतेमध्ये चार बालबालिका र एक पसलका संस्थापकलाई शहरको क्षेत्रीय अस्पतालका सारिएको जनाइएको छ । 

यस आक्रमणको पछाडि कसको हात छ भन्ने बारेमा भने अहिलेसम्म केही प्रष्ट भएको छैन ।