Newslaya Home

​बलिउड चलचित्र ‘जिरो’को टिजर सार्वजनिक (टिजरसहित)

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । बलिउड चलचित्र ‘जिरो’को टिजर सार्वजनिक गरिएको छ । इदको अवसर पारेर चलचित्रको अर्को टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खानलाई देख्न सकिन्छ । टिजरमा साहरुखलाई होचो व्यक्तिको भूमिकामा देख्न सकिन्छ ।

आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुँदैछ । यसको निर्माणपक्षले हरेक चाडमा एउटा टिजर सार्वजनिक गर्ने योजना बनाएको छ । यसकारण, इदको अवसरमा शुभकामना दिदै साहरुख र सलमानको झलक देखाइएको हो । 

चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा देखिने छन् । हाल चलचित्रको छायांकन अमेरिकामा भैरहेको छ ।