Newslaya Home

विराटनगर भैरहवा विमानस्थलमा पनि भारतीय विमान ल्याण्ड गर्नेबारे आजदेखि छलफल

बिहीबार ३१, जेठ २०७५

काठमाडौ । अहिलेसम्म नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र विदेशी विमान ल्याण्ड हुँदै आएको छ । तर अब भने क्षेत्रीय विमानस्थलमा समेत भारतीय विमानहरु 

ल्याण्ड गर्ने तयारी गरिएको छ । 
त्यसको लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको छ । उसले दुई दिनसम्म नेपाली प्राविधिक टोलीसँग वार्ता गरेर नयाँ रुटहरुबारे टुंगो लगाउने छ । रुट निर्धारण भएपछि त्यहाँका क्षेत्रीय विमानस्थलहरुमा ल्याण्ड गर्न सहज हुनेछ ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ ।

अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथा माथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।

सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन । 
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । 

भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५÷७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।