Newslaya Home

​नदीमा खसेर नेपाली ‘माउन्टेन बाइकर’ महर्जनको मृत्यु

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । श्रीलंकामा एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगिताका सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार श्रीलंकाको महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । एएफपीले राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ । शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंका प्रहरीले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपाल, बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगनको घोषणा गरेको छ ।