Newslaya Home

‘यमला पगला दीवाना फिर से’को टीजर सार्वजनिक (टिजरसहित)

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । देओल फेमिलीको नयाँ चलचित्र ‘यमला पगला दीवाना फिर से’को टीजर सार्वजनिक भएको छ । कमेडीले भरिएको चलचित्रको टीजर ईदको अवसर पारेर सार्वजनिक गरिएको हो । टीजरमा धर्मेन्द्र, सनी र बबी देओलसँगै सलमान खानलाई पनि देख्न सकिन्छ ।

यो चलचित्र धर्मेन्द्र, सनी र बबी देओलको हिट फ्रेन्चाईजको तेस्रो सिरिज हो । उक्त चलचित्र १५ अगस्टमा रिलिज हुँदैछ । 

हालैमात्र चलचित्र ‘रेस ३’को ट्रेलरमा सलमान खान र बबी देओल सर्टलेस अन्दाजमा देखिएका थिए । अब फेरि यमला पगला दीवानाको तेस्रो सिरिजमा यी दुईसँगै देखिनेछन् । टीजरमा यी दुईको साथमा कुनै सिन सामेल नगरिएता पनि ट्रेलरमा दुई साथ देखिने विश्वास लिइएको छ ।

चलचित्रको तेस्रो सिरिजमा धर्मेन्द्र, सनी र बबी गुजराती अवतारमा देखिनेछन् । चलचित्रलाई निर्देशन नवनैत सिंहले गरेका हुन् । उनी पञ्जाबी चलचित्रका चर्चित निर्देशक हुन् । उनले निर्देशन गरेको यो पहिलो बलिउड चलचित्र हो ।