Newslaya Home

​नयाँ शक्ति पार्टीका कार्यकर्ता पेस्तोल र गोलीसहित पक्राउ

बिहीबार ३१, जेठ २०७५

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी ३ मानेभञ्ज्याङबाट नयाँ शक्ति पार्टीका कार्यकर्ता पेस्तोल सहित पक्राउ परेका छन् । बुधबार राति सिलिचोङ गाउँपालिका ५ याफुका ३५ बर्षीय केदार राईलाई प्रहरी गस्ती टोलीले पेस्तोल सहित पक्राउ गरेको हो ।

को ३१ प ९५४४ नम्बरको मोटरसाईकलमा खाँदबारी तर्फ आउदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा राईको साथबाट एक अटोमेटिक पेस्तोल, दुई वटा म्यागजीन र १४ राउण्ड गोली बरामद गरेको हो । 

राईलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए ।

सिलिचोङका राई खाँदबारी ३ स्थित मंगलादेवीमा डेरा गरि बस्दै आएका थिए । राई स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा नयाँशक्ति पार्टीबाट वडा अध्यक्षको उमेदवार बनेका थिए ।