Newslaya Home

सलोन र स्वस्तिमाको ‘जय भोले’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । चलचित्र ‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘उम्लियो भने पोखिन्छ’मा सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्र आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा आवाज रहेको यो गीतमा मेलिना राईको स्वर रहेको छ ।

गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । चलचित्रलाई अशोक शर्माले निर्माण तथा निर्देशन गरेका हुन् ।