Newslaya Home

​अर्जेन्टिनाका फ्यानले ब्राजिलका फ्यानलाई हराए

बिहीबार ३१, जेठ २०७५

इटहरी । सुनसरीको इटहरीमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरु भिडेका छन् । इटहरी रंगशालामा उनीहरुबिच भएको भीडन्तमा अर्जेन्टिनाका फ्यानहरुले ब्राजिलका फ्यानलाई पराजित गरेका छन् ।

एक घण्टा भएको प्रतियोगितामा ब्राजिलका फ्यानलाई अर्जेन्टिनाका फ्यानले १ का विरुद्ध २ गोलले पराजित गरेका थिए । अर्जेन्टिनाको तर्फबाट सुमित थापा र स्मीत तामाङले १–१ गोल गरेका थिए । 

यस्तै ब्राजिलका तर्फबाट दीपेन नेपालीले गोल गरेका थिए । 

रिपोर्टस् क्लब सुनसरीले आयोजना गरेको प्रतियोगिताले दुवै टिमका समर्थकबिच सद्भाव कायम राख्ने क्लबका सुनसरी अध्यक्ष ध्रुव ढकालले जानकारी दिए ।