Newslaya Home

​इदको लागि असार ३ गते प्रदेश २ मा बिदा, प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुल्यो

बिहीबार ३१, जेठ २०७५

जनकपुरधाम । इदउलफित्रको अवसरमा प्रदेश २ को सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

इस्लाम धर्मावलम्विहरूको महान पर्व इदको अवसरमा बिदा दिन लागेको हो । बिहीबार साँझ बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले इद पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश प्रहरी विधेयकसमेत पारित गरेको छ । विधेयक पारित गरेपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको हो ।

अन्य प्रदेशमा प्रदेश प्रहरी ऐन बनाउने योजनासमेत बन्न नसकेको बेला प्रदेश दुईले लगभग दुई महिना अगावै प्रदेश प्रहरी ऐन मन्त्रिपरिषद्बारा पारित भएको छ । प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन पास हुने बित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ ।