Newslaya Home

​​मुख्यसचिव छाडेर एडीबी गएका सुवेदीलाई फिर्ता बोलाइयो, राससमा श्यामल, एनटीभीमा डा. महेन्द्र बिष्ट

बिहीबार ३१, जेठ २०७५

​काठमाडौं । सरकारले पूर्व मुख्यसचिव डाक्टर सोमलाल सुवेदीलाई एडिबीबाट फिर्ता बोलाएको छ । नेपालको तर्फबाट एसियाली विकास बैकको वैकल्पिक निर्देशक पदमा संघको कार्यालय मनिलामा कार्यरत उनलाई फिर्ता बोलाएको हो । उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गरेको छ ।

त्यस्तै सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा महेन्द्र बिष्ट  र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ ।

सरकारले संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावली पास गर्नका लागि संघीय संसदको संयुक्त बैठक असार ३० अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।