Newslaya Home

इन्स्टाग्रामले ल्यायो नयाँ फिचर

बिहीबार ०७, असार २०७५

काठमाण्डौ । इन्टाग्रामले लामो भिडियोहरु अपलोड गर्न सकिने फिचर सुरु गरेको छ । आइजीटिभी नामक यस फिचर मार्फत प्रयोगकर्ताले अब एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् । 

आइजीटिभीले भिडियोलाई पोट्रेट मोडमा देखाउनेछ, जुन मानिसहरुले आफ्नो स्मार्टफोन हेर्ने प्राकृतिक तरिका रहेको दाबी इन्स्टाग्रामले गरेको छ ।

नयाँ फिचरले इन्स्टाग्रामलाई सोसल मिडिया उद्योगमा  सशक्त  रुपमा स्थापित गर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।
अहिलेसम्म इन्स्टाग्राममा मोबाइलबाट मात्र भिडियो पोष्ट गर्न सकिन्थ्यो भने आइजिटिभीबाट  डेस्कटपबाटै भिडियो क्लिप पोष्ट गर्न सकिन्छ ।