Newslaya Home

​श्रीनिवासाचार्य धरौटीमा रिहा

शुक्रबार ०८, असार २०७५

विराटनगर । थुनामा रहेका हिन्दु धर्मगुरु श्री निवासाचार्य धरौटीमा रिहा भएका छन् । 

आफैँलाई गोली हान्न लगाएको अभियोगमा उनी केही समययता कारागारमा थिए । उनलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको हो ।

निवासाचार्याले हिन्दु धर्मको बचाउका लागि भन्दै आफैँले आफैँलाई गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । 

गत चैत २५ गते राति उनीमाथि विराटनगरमा गोली हानिएको थियो । निवासाचार्यमाथि वैशाख ३० गते ज्यान मार्ने उद्योगमा मुद्दा चलाएपछि थुनामा पठाइएको थियो ।