Newslaya Home

एसईईको नतिजा शनिबार साँझ ४ बजे आउने, यसरी हेर्न सकिन्छ नतिजा

शनिबार ०९, असार २०७५

काठमाडौ‌ं । एसर्इर्इ परीक्षाको नतिजा आज शनिबार आउने भएको छ । एसर्इर्इको नतिजा एसएसमएस, अइभीआर तथा वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज तीन बजे बैठक बसी चार बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । 

आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ । 

विभिन्‍न वेबसाइटबाट पनि एसर्इर्इको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । शिक्षा मन्त्रालयको वेबसाइटशिक्षा विभाग सानोठिमी भक्तपुरपरीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुर मा हेर्न सकिन्छ । 

नेपाल टेलिकमको वेबसाइट र एनसेलको वेबसाइट मा पनि नतिजा हेर्न सकिन्छ ।  edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ ।
एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि तलको सुचना हेर्नुहोला । 

एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका  थिए। एसईई परीक्षाा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो ।