Newslaya Home

सुनसरीमा भारतीय कारसहित तस्कर पक्राउ

शनिबार ०९, असार २०७५

इटहरी । सुनसरी प्रहरीले भारतीय कारसहित एक तस्करलाई नियन्त्रणमा लिएको छ । सुनसरीको कोशी गाउँपालिकाबाट बिहीबार राति कोशी गाउँपालिका ८ हरिपुरका ३० वर्षीय चन्दन यादवलाई भारतीय गाडीसहित प्रहरीले पक्राउ गरेको हो ।

नेपाल–भारत सीमामा  सेटिङ बनाएर तस्करीमा सक्रिय कोशी गाउँपालिका श्रीपुरमा खटिएको प्रहरी टालीले समातेको हो ।

प्रहरी टालीले बी आर ३८ पी १९४८ नं. को कार रोक्न खोज्दा उक्त कार नरोकिई भागेको थियो । नरोकि भागेको उक्त गाडीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी नारायण चिमोरिया नेतृत्वको प्रहरी टोली खटेको थियो । 

उक्त गाडीसहित यादवलाई कोशी गाउँपालिका ६ को कटानबाट नियन्त्रणमा लिएको डीएसपी चिमोरियाले बताए । यादवले यसअघि पनि संगठित रुपमा तस्करी गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।